जलविद्युत्‌सँगै स्थानीय आर्थिक विकास : मेवा डेभलपर्सद्वारा अलैँची खेती सुधारको प्रयास

पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे बाली अलैँची उत्पादनमा ताप्लेजुङ जिल्लाले मुख्य हिस्सा ओगट्दै आएको छ । भोजपुर, धनकुटा, इलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम मध्ये ताप्लेजुङमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको हो । जिल्लाका ग्रामीण भेगका किसानले यस बालीबाट आर्थिक उन्नति गरिरहेका छन् । कृषि विकास निर्देशनालय विराटनगरले प्रकाशित गरेको तथ्याङ्क अनुसार, नेपालमा वि.सं. १८५० तिर पहिलो पटक अलैँची लगाउन सुरु गरिएको थियो । यो अहिले अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने प्रमुख उत्पादन बनेको छ । उच्च चिस्यानयुक्त सेपिलो भूभागमा यसको खेती सफलतापूर्वक गर्न सकिने भएकाले किसानको आकर्षण यस बालीमा बढ्दो छ । पछिल्लो समय बजार मूल्यमा समेत सुधार भएकाले अलैँचीलाई ‘कालो सुन’ भनेर चिन्न थालिएको छ । Read More